शहीद स्मारक ‘सी’ डिभिजन लिग : सानो गौचरन विजयी

डिसी नेपाल
१३ चैत २०७७ २१:३५
44
Shares

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सानो गौचरन युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा सानो गौचरनले वीरगञ्ज युथ एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सानो गौचरनका लागि मुर्गेन लामा र अनुज थापाले एक÷एक गोल गर्नुभयो । यसैगरी वीरगञ्जका लागि सान्त्वना गोल सिर्जनराज गौतमले गरे । लामाले खेलको ४२औँ तथा थापाले ७९औँ मिनेटमा गोल गरेका हुन् । यस्तै वीरगञ्जका लागि गौतमले खेलको ६२औँ मिनटमा गरेका हुन् । जितसँगै सानो गौचरनले चार खेलबाट तीन अङ्क जोडेको छ । वीरगञ्जको चार खेलबाट ६ अङ्क भएको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै सम्पन्न अर्को खेलमा सामाजिक युवा क्लब र प्लानिङ ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेनन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.