चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै
कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो। जिल्ला खेलकूद विकास समिति अगाडिको मैदानमा हुने प्रतियोगितामा यी दुवै टोली पहिलोपटक आमनेसामने हुँदैछन्।
अपराजित यात्रा कायम राख्दै उच्च मनोबलका साथ फाइनलमा पुगेको चुली पाहुना टोलीलाई हराउँदै उपाधि रक्षा गर्ने दाउमा छ। त्यस्तै रुकुमपश्चिम भने चुलीलाई उसकै मैदानमा हराएर उपाधि आफ्नो पोल्टामा पार्ने योजानाका साथ मैदान उत्रिने रणनीतिमा छ।
समूह चरणको पहिलो खेलमा सिम्तासँग पराजित भएको रुकुमपश्चिमले सेमिफाइनलमा भने उत्तरपश्चिम पृतनाको आर्मी क्लबको टोलीलाई हराएको हो। आज तेस्रो र सान्तवना स्थानका लागि हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्ने भएका छन्। सुर्खेतको चुली युवा क्लबले पहिलोपटक प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो। विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख ५० हजार प्रदान गरिनेछ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment