युवाहरुका लागि ‘रन फर हेल्थ–२’ कार्यक्रम
काठमाडौं। ‘शेर्पा फर चेन्ज’ नामक युवा सङ्गठनले ‘रन फर हेल्थ–२’ कार्यक्रम आयोजना गरेको छ। शनिबार बालबालिकादेखि युवा पुस्ताका लागि उक्त कार्यकम आयोजना गरिएको हो।
स्वास्थ्य सुधारका लागि समयको सदुपयोग गर्नुकासाथै युवाहरूलाई सिक्ने र अन्वेषण गर्ने मञ्च बनाउने अवधारणाका साथ सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ११ जना बालबालिका र युवाहरुमा पुरुष ८९, महिला ३६ जना गरी एक सय २५ जनाको सहभागिता रहेको थियो। ‘रन फर हेल्त–२’मा मिरा राई, सुमन खुलुग, मिस नेपाल २०१४ का विजेता सुविन लिम्बु लगायत मिरा राईका सह प्रशिक्षार्थीहरु पाँच जना सहभागी भएका थिए।
खेलको सुरुमा राधा कृष्ण चोक, कपन हुँदै आनिगुम्बा, कृष्ण मन्दिर, जग्डोल गेट, पैयटार, खरीबोड र अन्त्यमा राधा कृष्ण चोकसम्म गरी १० किलो मिटर दौड भएको थियो।
त्यसैगरी, बालबालिकाहरु पनि राधा कृष्ण चोक, कपन हुँदै आनिगुम्बा, कृष्ण मन्दिर, कपन गुम्बासम्म ४ किलोमिटर दौडिएका थिए।
युवा सहभागिताको पुरुष विजेताहरु प्रथममा छोगेल शेर्पा, दोस्रोमा लाक्पा सोनाम शेर्पा, तेस्रोमा दावा फिन्जो लामा भए। महिला सहभागिताको विजेताहरु प्रथममा इन्द्रकला नेम्बाङ, दोस्रोमा नितु तामाङ्ग, तेस्रोमा पद्मा कुमारी भए।
त्यस्तै, बालबालिकाबाट सहभागिताको पुरुष र महिला विजेताहरु प्रथममा आयुष राई, दोस्रोमा समिर तिमिल्सना, तेस्रोमा पेम्बा टसी तामाङ्ग भए।
कार्यक्रममा मिरा राईले कार्यक्रममा सहभागी हुन् पाउँदा निकै खुःसी लागेको बताइन्।
यस अघि सन् २०१९ मा पनि ‘रन फर हेल्थ–१’ सफलतापूर्ण सम्पन्न गरेको र त्यसपछि २०२० मा ‘रन फर हेल्थ–२’ कार्यक्रम गर्ने योजना रहेप नि कोरोनाका कारण समयमै गर्न नसकिएको ‘शेर्पा फर चेन्ज’का सदस्य सागमु तामाङ्गले बताइन्। ढिलै भए पनि अहिले गर्न सकेकोमा निक्कै खुसी लागेको उनले बताइन्।







डिसी नेपाल








Facebook Comment