नेपाल बंगलादेशसँग बराबरीमा रोकियो
काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि दुवैतर्फको गोल हुन सकेन । योसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । बंगलादेश भने यसअघि नै फाइनल पुगेको थियो । अब हुने फाइनल खेल सोमबार हुनेछ ।
यसअघि बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । किर्गिस्तानका कप्तानले दुई वटा पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको २ खेलमा ४ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment