दीपक, मन्डे र आर्यन सम्मानित

डिसी नेपाल
१५ चैत २०७७ १७:५९
36
Shares

काठमाडौं। करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन्। चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच सम्मान गरे। मन्डे र आर्यनलाई प्रशंसा पत्रसहित माउन्टेन बाइक प्रदान गरियो । दीपक प्रशंसा पत्रबाट सम्मानित भए।

दीपक आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। मन्डेले १३ औं सागमा दोहोरो स्वर्ण जितेका थिए। सागको एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन्। जुनियर खेलाडी आर्यन विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता हुन्।

सोही अवसरमा करातेकर्मी साइला गमाल, बसन्तराज वाइबा र सिर्जना अधिकारी, सांसद विमल केडिया तथा समाजसेवी सुचित्रा श्रेष्ठ पनि सम्मानित भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *