जुनियर करातेमा केन्द्रीय डोजोकाे दबदबा
काठमाडौं। चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा केन्द्रीय डोजोको दबदबा रह्यो । टिम च्याम्पियनको उपाधि जितेको केन्द्रीय डोजोले उत्कृष्ट पुरुष÷महिला र प्रशिक्षकको उपाधिमाथि पनि कब्जा जमायो ।
प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ५ कांस्यसाथ केन्द्रीय डोजो टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ इचङगु नारायण डोजो दोश्रो तथा ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ नरहरिपुर डोजो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।
पुरुषमा एओन गहतराज तथा महिलामा रोजिता ढुंगेल उत्कृष्ट खेलाडी घोषित भए । दुवै केन्द्रीय डोजोका खेलाडी हुन् । केन्द्रीय डोजोकै साइला गमाल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रयले पुरस्कार स्वरुप माउन्टेन बाइक पाए । सञ्जय रन्जित उत्कृष्ट निर्णायक ठहरिए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।







डिसी नेपाल








Facebook Comment