कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१६ चैत २०७७ ८:४७
92
Shares

राजविराज । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ। पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो। सप्तरीको साविक मौवाहा गाविस–६ (हाल बलानबिहुल गाउँपालिका–३) बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए। पिसाब फेर्न भनी सडक बाटोमा निस्केको अवस्थामा प्रतिवादी तेली भन्ने धनिलाल साहसहितकाले घेरा हाली खुकुरी तथा लाठीसमेतको प्रहारबाट दशरथ साहलाई कर्तव्य गरी मारेको प्रहरीको भनाइ छ।

त्यसपछि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा सप्तरी जिल्ला अदालतबाट विसं २०६५ चैत ११ गते, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ मङ्सिर १ गतेको फैसलाले प्रतिवादी लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई २० वर्ष कैद ठहर भएको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *