त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने
काठमाडौं। त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न प्रमुख राजनीतिक खेलाडीहरु आज (सोमवार) दशरथ रंगशाला जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन्। प्रधानमन्त्रीसँगै नेकपा एमालेका शीर्ष नेताहरु पनि रंगशाला जाने बताइएको छ। खेल बेलुकी साढे पाँच बजेबाट शुरु हुनेछ। यसअघिको खेल हेर्न पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दशरथ रंगशाला पुगेका थिए ।
आज प्रतियोगितामा कुनै गोल नगरी फाइनलमा पुगेको नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल फाईनलमा पुगेको हो। बंगलादेश भने यसअघि नै फाइनल पुगेको थियो। बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको थियो। किर्गिस्तानका कप्तानले दुई वटा पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।







डिसी नेपाल








Facebook Comment