किशोरीको बलात्कारपछि टाउको काटियो, सबै दाँत भाँचेपछि काटेको टाउको उमालियो

डिसी नेपाल
१८ चैत २०७७ १५:४३

काठमाडौं। विकृत मानसिकताका अपराधहिरुले अपराध पनि निकै डरलाग्दो किसिमले गर्छन् । केही अपराध त यतिसम्म भयानक हुन्छन् कि ती घटनाको विवरण सुन्दासमेत हाम्रो सातो जान्छ । एक व्यक्तिले यतिसम्म डरलाग्दो गरी अपराध गरेका छन् कि उनको अपराधबारे सुन्दा समेत सामान्य मान्छेको सातो जान्छ ।

ती व्यक्तिले १९ वर्षकी उक किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । त्यसपछि उनले ती किशोरीलाई बलात्कार गरे । बलात्कार गरिसकेपछि उनले किशोरीको टाउको काटे । उनको शवका सबै औंलाका नङहरु उखेले, सबै दाँत भाँचेर प्लास्टिकको झोलामा राखे । उनको काटिएको टाउकोलाई पानीमा हालेर उमाले । बाँकी रहेको शवका पनि सबै हातखुट्टा काटे । द सनको रिपोर्टअनुसार सुन्दासमेत सातो जाने यो जघन्य अपराध कजाखस्तानमा भएको हो ।

घटनाका संदिग्ध आरोपीलाई पक्राउ गरिएको छ । उनीमाथि १९ वर्षकी फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभाको हत्याको आरोप छ । अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी बेपत्ता भएको रिपोर्टपछि खोजी गर्ने क्रममा उनको हातखुट्टा काटिएको शव यी आरोपीको घरमा फेला परेको थियो । पीडित किशोरीका दाजु अलमात मुलिकोभले यो जघन्य घटनाबारे मिडियालाई बताएका हुन् ।

‘उसले मेरी बहिनीलाई मार्यो र करिब २४ घण्टासम्म उनको शरीर टुक्रा पार्दै बस्यो’ स्थानीय मिडियासँग उनले भने ‘उनले सबै दाँत भाँच्यो र सबै नङ उखेल्यो अनि छुट्टाछुट्टै प्लास्टिकको झोलामा राख्यो । उसले टाउको फुटायो र उमाल्यो ।’ पुलिसले अनुसन्धानका क्रममा पीडित किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आरोपीसँग सम्पर्कमा रहेको फेला पारेको छ ।

म्यासेजमा आरोपीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी बेपत्ता भएकी थिइन् । सिसिटिभी फुटेजमा अयजान र आरोपी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफ्नै घाँटी काटेका थिए । मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आरोपीले शव टुक्रा टुक्रा पारेर शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै अपराध लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् । पहिचान नहोस् भनेर उनले पीडितको टाउको उमाल्ने प्रयास गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *