यो कुरा खड्गप्रसाद ओलीलाई सोध्नु : झलनाथ खनाल वरिष्ठ नेता, नेकपा एमाले

मदन कोइराला
१९ चैत २०७७ ११:४५

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि नेकपा (एमाले ) पूर्ववत अवस्थामा फर्किएको छ। पार्टी पूर्ववत् अवस्थामा फर्किएपनि पार्टीभित्रको विवाद भने उत्कर्षमा पुगेको छ। पार्टी विधान विपरित काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  वरिष्ठ नेता माधव नेपाल र भीम रावललाई ६ महिनासम्म निलम्वन गरेका छन्। दुई नेतालाई निलम्वन गरेसँगै एमाले फुट नजिक पुगेको छ। पार्टी भित्रको विवाद, भावी रणनीतिलगायतका विषयमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग डिसी नेपालका लागि मदन कोइरालाले गरेको कुराकानीको संपादित अंश:

पार्टी विधान विपरित काम गरेको भन्दै माधव नेपाल र भीम रावललाई पार्टीले ६ महिनासम्म निलम्वन गरेको छ, यो कारवाहीलाई कसरी लिनु भएको छ ?

यो पार्टीभित्रको स्वेच्छाचारिता, निरंकुशता, अनुशासनहीनता आदिको एउटा नयाँ रुप हो। यसरी महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई कारवाही गर्ने कुनै पनि अधिकार अहिलेका अध्यक्ष वा महासचिवलाई छैन। त्यसो हुनाले उहाँहरुले गर्न खोजेको कारवाही नै अवैधानिक छ, विधान विपरित छ। त्यसकारण त्यो कुरालाई उहाँहरुले अस्वीकार गर्नु भएको छ। त्यो अस्वीकार गर्ने कुरा विधिसम्मत हो।

पार्टीभित्रको विवादमा तपाईँ पनि त्यही समूहमा हुनुहुन्थ्यो। तर तपाईँमाथि त केही पनि कारवाही भएन। तपाईँले पार्टीलाई सहयोग गरेको भएर कारवाही नभएको हो?

यो तपाईँले मलाई सोध्ने प्रश्न होइन, यो तपाईँले खड्गप्रसाद ओलीलाई सोध्ने प्रश्न हो। त्यो कुराको बारेमा म जान्दिन, मलाई त्यसबारेमा थाहा पनि छैन। म त एउटा मूल्य मान्यताको राजनीति गर्ने मानिस हो। म हाम्रो गौरवमय पार्टी नेकपा एमालेको नवौं महाधिवेशनको नीति, सिद्धान्त, विधि र विधानका पक्षमा छु। म त्यही पक्षमा उभिएर लडिरहेको छु।

तपाईँहरुमाथि गुटको भेला गरेको आरोप छ, अझ माधव नेपालमाथि त प्रचण्डको मतियार भएर काम गरेको आरोप पनि लागेको छ, तपाईँ के भन्नु हुन्छ?

सबैभन्दा पहिला प्रधानमन्त्री र पार्टी अध्यक्षको पदमा बस्ने कमरेड केपी ओलीले गुटबन्दी गर्नु भयो। धेरै लामो समयदेखि उहाँले गुटबन्दी गर्दै आउनु भएको छ। र, अहिले पनि सर्वोच्च अदालतको निर्णयले हामीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको कुरालाई उहाँले ठाडै अस्वीकार गरेर केन्द्रीय कमिटीका सबै साथीहरुलाई जानकारी पनि नदिइकन गुटको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेर उहाँले जे–जे निर्णय गर्नु भएको छ, ती सबै गुटका निर्णयहरु हुन्।

सबैभन्दा पहिला प्रधानमन्त्री र पार्टी अध्यक्षको पदमा बस्ने कमरेड केपी ओलीले गुटबन्दी गर्नु भयो। धेरै लामो समयदेखि उहाँले गुटबन्दी गर्दै आउनु भएको छ। र, अहिले पनि सर्वोच्च अदालतको निर्णयले हामीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको कुरालाई उहाँले ठाडै अस्वीकार गरेर केन्द्रीय कमिटीका सबै साथीहरुलाई जानकारी पनि नदिइकन गुटको बैठक बालुवाटारमा राख्नु भयाे।

त्यसलाई पार्टी केन्द्रीय कमिटीको निर्णय, पार्टीको निर्णय भन्न मिल्दैन। हाम्रो विधानले दिँदैन। त्यस्तो खालको गुटबन्दीलाई हाम्रो पार्टीको विधानले चिन्दैन। त्यही कारणले अब पार्टी अध्यक्षले नै त्यस्ता खालका काम गर्न थाल्नु भयो। के गर्ने साथीहरु हो भनेर कार्यकर्ताको विचार लिनका लागि हामीले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्यौं।

त्यहाँका साथीहरुको सुझाव पनि के भने पहिलो नम्बरमा तपाईँहरुले २०७५ साल जेठ २ गतेमा हामी सबै फर्काइएका छौं, त्यसलाई प्रस्थान विन्दु बनाउनुपर्छ। त्यो भन्दा यता गरिएका सबै निर्णय अवैध छन् तिनीहरु सबैलाई रद्द गर्नुपर्छ र पार्टीलाई नवौं महाधिवेशनको नीति सिद्धान्त र कार्यदिशाका आधारमा अगाडि बढाउनुपर्छ भन्ने राष्ट्रिय कार्यकर्ता भेलाको निचोड छ।

अब तपाईँहरुसँग धेरै विकल्प छैन। अब तपाईँहरुको आगामी रणनीति के हो ?

हामीलाई कारवाहीका डण्डाहरु, अवैधानिक रुपमा गरेका निर्णयहरु, पार्टीबाट, निष्काशनहरुबाट नेकपा एमालेका क्रान्तिकारी कार्यकर्ता र नेताहरुलाई छुँदापनि छुँदैन। यस कारणले यी सबै कुरालाई अस्वीकार गर्छौं, साथीहरुले अस्वीकार गर्नु भएको छ।

र, सिंगो पार्टीपंक्तिले त्यसलाई अस्वीकार गर्छ। पार्टीलाई एकतावद्ध गर्नको निम्ति हामीले २०७५ साल जेठ २ गते केन्द्रीय कमिटीमा फर्किएर आउनु, त्यतिबेलाको पार्टीको ढाँचामा फर्किर आउनु, त्यसबेलाको जनवर्गीय संगठनको ढाँचामा फर्किर आउनुको कुनै विकल्प छैन। त्यो ठाउँमा उभिएर मात्रै पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ। अब यो कुरामा नेकपा एमालेका सम्पूर्ण क्रान्तिकारी एमालेहरु दृढतापूर्वक अगाडि बढ्छन्।

तपाईँहरुलाई अहिले पनि झलनाथ–माधव नेपाल समूह भनेर चिनिन्छ। तर तपाईँलाई पार्टीले कारवाही गरेको छैन। तपाईँलाई भनेर सम्वोधन गर्ने?

म नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित वरिष्ठ नेता हुँ। म जबसम्म अर्को महाधिवेशन हुँदैन तबसम्म वरिष्ठ नेता नै रहन्छु। अर्को महाधिवेशन नभइकन कसैले पनि मलाई त्यो पोष्टबाट हटाउन सक्दैन।

हामीलाई कारवाहीका डण्डाहरु, अवैधानिक रुपमा गरेका निर्णयहरु, पार्टीबाट, निष्काशनहरुबाट नेकपा एमालेका क्रान्तिकारी कार्यकर्ता र नेताहरुलाई छुँदापनि छुँदैन। यस कारणले यी सबै कुरालाई अस्वीकार गर्छौं, साथीहरुले अस्वीकार गर्नु भएको छ।

र, त्यो पोष्टमा रहेका मैले यो पार्टीको एकता, पुनः गठन, रुपान्तरण र सुदृढिकरणका निम्ति र पार्टीको क्रान्तिकारी दिशा, नीति, सिद्धान्त र लक्ष्यको रक्षाका निम्ति म निरन्तर लागि रहन्छु। मलाई पदको अथवा कारवाहीको अथवा यी सब कुराहरुले छुँदैन। म आदर्श बोकेको नेता हुँ।

मेरो गुट भन्नु हुन्छ भने एमाले नै हो त्यो पार्टीलाई अहिले विभाजन गर्ने कोशिस गरिँदै छ। विभाजनतर्फ लाने कोशिस गरिँदै छ। विसर्जनको कोशिस पनि हुँदैछ। पार्टी विभाजन भयो भने पनि म पार्टीका क्रान्तिकारी कार्य दिशा सिद्धान्को पक्षमा दृढता पूर्वक उभिने छु। अहिले म वरिष्ठ नेता हुँ।

पार्टी विभाजन गर्न कसलाई उद्दत देख्नु हुन्छ ? को बढी जिम्मेवार छ?

तपाईँ मिडियाका मान्छेले सजिलै विचार गर्नु पर्ने कुरा हो। हामी केन्द्रीय समितिको पूर्ण वैठकको माग गरिरहेका छौं। पार्टी एकताको माग गरिरहेका छौं। पार्टी अग्रगति प्रगतिको माग गरिरहेका छौं।

हामीले देशमा अब देश, जनता र राष्ट्रको हितमा हामी अब समाजवादको पार्टी लिएर जाउँ जनवादी क्रान्ति नेपालमा सम्पन्न भयो, अब नयाँ समृद्धि भनेको समाजवादको बाटो हो। समाजवादको बाटो नलिइकन कुनै पनि समृद्धि सम्भव छैन भन्ने पक्षमा म उभिएको छ। धेरै साथीहरु उभिनु भएको छ। यो गुट हैन, यो एउटा विचार समूह हो, नेकपा एमाले भित्रको विचार समूह हो।

यो विचार समूहले नेकपा माओवादी केन्द्र, अन्य माओवादी वा अरु कुनै पनि कम्यूनिष्टहरुसँग कार्यगत एकता, पार्टी एकीकरण गर्ने दिशामा अग्रसर हुन्छ कि पार्टी भित्रकै दुई लाइन संघर्षमा सीमित रहन्छ?

अहिले हामीहरु व्यापक रुपमा सम्पूर्ण बामपन्थीहरुको बीचमा एकताकायम गरेर, कार्यगत एकता गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं। सरकार पनि वामपन्थीहरुकै सरकार रहनुपर्छ भन्ने पक्षमा छौं।

अहिले हामीहरु व्यापक रुपमा सम्पूर्ण बामपन्थीहरुको बीचमा एकताकायम गरेर, कार्यगत एकता गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं। सरकार पनि वामपन्थीहरुकै सरकार रहनुपर्छ भन्ने पक्षमा छौं।

खासगरी संविधानका पक्षधर, लोकतन्त्रका पक्षधरहरुको हातमा सरकार रहनुपर्छ भन्ने पक्षमा छौं। र, जोसँग बैचारिक राजनीतिक कार्यदिशा मिल्छ त्यो कार्यदिशा मिल्नेसँग एकता कायम गर्दै जान्छौं। पार्टी एकता पनि गर्छौं। कार्यदिशा नमिल्नेसँग कार्यगत एता गर्दै अगाडि बढ्छौं।

बामपन्थीकै सरकार निरन्तरता पाउनु पर्छ भन्नुको मतलब यही सरकारको निरन्तरता हो कि वा ओली बाहेकका कम्युनिष्ट नेताहरुको सरकार हुनुपर्छ भन्ने हो ?

अब अनेक सम्भावना छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै गल्ती गरिसक्नु भयो। पार्टी संचालन गर्नमा फेल खानु भयो। उहाँले राम्रासँग सरकार संचालन गर्न सक्नु भएन। सरकार संचालन गर्न फेल खानु भयो। संसदको रक्षा गर्न फेल खानु भयो।

दुई तिहाइको संसद रक्षा गर्न नसकेर आफैंले विघटन गर्नु भयो। सर्वोच्च अदालतले यसरी संसद विघटन गर्न पाइँदैन भनेर निर्णय गर्यो। अनि त्यसपछि हाम्रो पार्टी नेकपा एमालेलाई एकीकृत ढंगबाट लानु पर्ने थियो। २०७५ साल जेठ २ गते फर्केर त्यो काम पनि गर्न सक्नु भएन।

त्यसो हुनाले उहाँले गरेका सम्पूर्ण गल्तीहरु सच्याउन सक्नु हुन्छ कि सक्नु हुन्न? र, पार्टीलाई एकतावद्ध गरेर लान सक्नु हुन्छ भने यही सरकार पनि निरन्तर हुन्छ। एकता कायम गर्दै अगाडि बढ्न सक्छ। यदि त्यसो गर्न सक्नु भएन भने संसदले आवश्यक्ता अनुसार विकल्पहरु खोज्न सक्छ।

अबदेखि प्रधानमन्त्रीले बोलाएका संसदीय दलका बैठक, पार्टीका अरु बैठकहरुमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

तपाईँले केन्द्रीय कमीटीको बैठक पनि बोलाउने सम्भावना देख्नु भएको छ?

उहाँले त बोलाउँछु भन्नु हुन्छ नी त ?

के बोलाउने ?

आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग छलफल होला, महाधिवेशन आयोजक कमिटी पनि छ…

उहाँको इच्छाले आयोजक कमिटी बनाउन पाइन्छ? कुन विधानले बनाउनु भयो ? आफ्नो इच्छाले बनाउन पाइन्छ? पार्टी त्यसरी चलाउन पाइन्छ? पार्टी विधानले चलाउनु पर्छ। हाम्रो विधानमा आयोजक कमिटी बनाउने कुनै प्रावधान छैन।

केन्द्रीय कमिटीले नै महाधिवेशन आयोजना गर्ने हो। त्यो आयोजक कमिटी पनि अवैधानिक हो। त्यस्ता आयोजक कमिटिीको बैठकको कुनै मतलब छैन। त्यहाँ कोइपनि जान सक्दैन।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भन्नु भयो भने तपाईँको भूमिका के रहन्छ ?

जुनदिन उहाँले विश्वासको मत लिनु हुन्छ, त्यही दिन थाहा पाउनु हुन्छ। अहिले यो बारेमा हामीले बोल्न केही जरुरी छैन। हामीले यो निर्णय त्यही दिन हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *