६२ जनाको ज्यान गएको विमान दुर्घटनाको जाँचमा ३ महिनापछि ठूलो सफलता
काठमाडौं। ६२ जनाको ज्यान जानेगरी भएको श्रीविजय एयरको विमान दुर्घटनाको जाँचमा ठूलो सफलता प्राप्त भएको छ । गएको जनवरी ९ मा भएको दुर्घटनाको करिब ३ महिनापछि खोजकर्ताहरुले विमानको ककपिट भ्वाइस रेकर्डर प्राप्त गरेका छन् । यो रेकर्डर जाभाको समुद्रभित्र फेला पारिएको अल जजीराले जनाएको छ ।
९ जनवरीका दिन इण्डोनेसियाको जाकार्ताबाट उडेको केही समयमै बोइङ ७३७ विमान जाभा सागरमा दुर्घटना भएको थियो । अधिकारीहरुले बुधबार बताउअनुसार इण्डोनेसियाको नौसेनाले श्रीविजय एयर जेटको ककपिट भ्वाइस रेकर्डर फेला पारेका हुन् । यो रेकर्डरलाई राजधानी जाकार्ता लगिएको छ । जाकार्तामा यो रेकर्डर राष्ट्रिय परिवहन सुरक्षा समितिलाई सुम्पिएको छ । यो समितिले दुर्घटनाको जाँच गरिरहेको छ ।
परिवहन मन्त्री बुदी कारिया सुमादीले बताएअनुसार नौसेनाका गोताखोरले बुधबार बिहान ८ बजेतिर रेकर्डर फेला पारेका हुन् । दुर्घटनाको तीन दिनपछि नै फ्लाइट डाटा रेकर्डर फेला परेको थियो । अब फेला परेको भ्वाइस रेकर्डरले जाँचकर्ताहरुलाई दुर्घटनाको समयमा ककपिटमा के भइरहेको थियो भन्ने जान्न सहयोग गर्नेछ ।







डिसी नेपाल








Facebook Comment