बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो, युवकको घटनास्थलमै मृत्यु

डिसी नेपाल
१९ चैत २०७७ १२:०६
2.5k
Shares

काठमाडौं। बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको छ । युवकको मृत्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घटनापछि युवकको शव बसको झ्यालमा झुण्डिइरहेको अवस्थामा अड्किएको थियो ।

घटना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृतक यात्री ३५ वर्षका रन्जीत राय भएको बताइएको छ । बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २ मिलोमिटर अगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.