अमिताभ बच्चनको परिवारले लगायो कोरोना विरुद्धको खोप
काठमाडौं। बलिउडका मेगास्टार भनेर चिनिने भारतीय अभिनेता अमिताभ बच्चनको परिवारले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाएको छ। सामाजिक सञ्जाल ट्वीटरमा अमिताभले अभिषेक बाहेक सबैले कोरोना विरुद्धको खोप लगाएको जानकारी गराएका छन्।
अमिताभ पुत्र तथा अभिनेता अभिषेक बच्चन चलचित्र छायाङ्कनको क्रममा बाहिर भएका कारण खोप लगाउनबाट बन्चित भएको बताएका छन्। अमिताभले खोप लगाएपछि भारतीय मिडियाहरुले ऐतिहासिक भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा अमिताभले भनेका छन्, “आज दिउँसो कोरोना विरुद्धको खोप म र सबै परिवारले लगायौं, र सबै ठिक छ, छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यासँगै गत वर्ष मात्रै कोरोना सक्रमित भएका थिए।”
उनले लेखेका, ‘कोरोना विरुद्ध खोप लगायौं, सबै ठीक छ, हिजो परिवार र कर्मचारीहरुको कोरोना परीक्षण गरेँ, रिपोट आज आयो, सबै राम्रो आयो, सबै नेगेटिभ रिपोट आयो र सबैले कोरोना विरुद्धकमे खोप लगायौँ, अभिषेक बाहेक सबै परिवारले लगाए खोप, अहिले अभिषेक फिल्म शूटमा रहेकाले फकेपछि केहि दिनमै खोप लगाउने छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment