आज चैत २१ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२१ चैत २०७७ ६:३३
732
Shares

आज वि.सं.२०७७ साल चैत २१ गते, शनिबार। सन् २०२१ अप्रिल ३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्ण पक्ष।  षष्ठी  तिथि । चन्द्रमा धनु राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः५४ र सूर्यास्त बेलुकी ६ः२२ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलाबाट छुटकारा मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन सम्पत्तिको कारोबार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ।पुरानो विसन्चोले सताउनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउँमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  साथीभाइ भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरसामान हराउन सक्नेछ। अनावस्यक धन खर्च हुनेछ। नयाँ काम आईपर्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कृषिमा नाफा मिल्नेछ। व्यापारमा सन्तोष हुनेछ । महिलामित्रको साथ पाईनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *