र्‍यापर डिएमएक्सलाई ड्रग्स ओभरडोजपछि हर्ट एट्याक, गम्भीर अवस्थामा अस्पताल भर्ना

डिसी नेपाल
२२ चैत २०७७ १०:३०

काठमाडौं। अमेरिकी र्यापर तथा अभिनेता डिएमएक्स गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन् । बीबीसीका अनुसार उनका वकिल मुर्रे रिचम्यानले उनलाई हृदयाघात भएको बताएका छन् । तर, अमेरिकी सेलिब्रेटी म्यागजिन टिएमजेडले भने डिएमएक्सलाई ड्रग्स ओभरडोजका कारण हर्ट एट्याक भएको दावी गरेको छ । तर, रिचम्यानले भने आफूलाई यसबारे थाहा नभएको बताएका छन् ।

उनको वास्तविक नाम अर्ल सिमोन्स हो । उनलाई न्यूययोर्कको ह्वाइट प्लेन्समा शुक्रबार बेलुकी अस्पताल लगिएको बताइएको छ । ‘उहाँलाई लाइफ सपोर्टमा राखिएको थियो’ वकिल रिचम्यानले भने ‘अहिले लाइफ सपोर्ट हटाइएको छ । अहिले उहाँले आफ्नै क्षमताले सास फेरिरहनुभएको छ तर मस्तिस्कको सक्रियता न्यून छ । १५ जना सन्तानका पिता यी र्यापरले यसअघि जनावरमाथि क्रुरता, गैरजिम्मेवार ड्राइभिङ, लागूऔषध दुरुपयोग र हतियारको दुरुपयोग जस्ता आरोपमा जेल सजाय पाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *