अनलाइनमा जुम बैठक चलिरहेका बेला नेताकी श्रीमती नग्न अवस्थामा पछाडि आएर उभिइन्

डिसी नेपाल
२२ चैत २०७७ १२:५८

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण पछिल्लो समय धेरै कामहरु अनलाइनबाटै भइरहेका छन् । यस क्रममा सरकारी कर्मचारी र नेताहरुको बैठक पनि अनलाइनमा जुम मार्फत भइरहेको छ । जुम बैठकका क्रममा कैयौं पटक यस्ता घटना पनि भएका छन् जसले मानिसहरुलाई लज्जित पनि बनाएको छ । अब यस्तै घटना दक्षिण अफ्रिकामा भएको छ ।

डेलीमेलका अनुसार कोरोना महामारीकै विषयमा छलफल भइरहेको बैठकमा एक दक्षिण अफ्रिकी नेताकी पत्नी नग्न अवस्थामा आफ्ना पतिको पछाडि उभिइन् र उनलाई यो अवस्थामा बैठकमा सहभागीहरुले पनि देखे । बैठकमा सहभागी अन्य नेताहरुले त्यतिबेलै उनलाई उनकी पत्नी नग्न अवस्थामा क्यामेराअगाडि उभिएको जानकारी दिए ।

दक्षिण अफ्रिकामा २३ पारम्परिक नेताहरुको संस्था नेशनल हाउस अफ ट्रेडिसनल लिडर्सका एक सदस्य जोलिले एन्देभुले मंगलबार बैठकका क्रममा पूर्वी केपटाउनमा कोरोनाका कारण भइरहेको मृत्युबारे कुरा गरिरहेका थिए । उनले पूर्वी केपटाउनमा आफूले डाक्टरसँग मिलेर महामारी नियन्त्रणमा गरेका कामहरुबारे बताउँदै गर्दा अचानक उनकी पत्नी नग्न अवस्थामा उनको पछाडि उभिइन् ।

उनलाई तत्कालै बैठकमा सहभागी अर्का एक नेताले भने ‘तपाइँको पछाडि उभिएकी महिलाले ठिकसँग कपडा लगाउनुभएको छैन । हामी सबै देखिरहेका छौं । के तपाइँले उहाँलाई तपाइँ बैठकमा भएको बताउनुभएन ? हामी जे देख्दैछौं त्यो अप्ठ्यारो छ ।’ उनले तत्कालै यसको लागि माफस् मागे । भोलिपल्ट उनले यस विषयमा सफाइ जारी गर्दै यो प्रविधि आफुहरुको लागि नयाँ भएकोले गल्ती भएको बताउँदै यसबारे सिकेर गोपनीयता राख्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *