बन्दुकधारीले जेलमा आक्रमण गर्दा १८०० भन्दा धैरै कैदीबन्दी भागे

डिसी नेपाल
२४ चैत २०७७ १२:४०
608
Shares

अबुजा (बीबीसी) । बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारीहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।

हालसम्म भागेका ६ जना कैदीहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।

सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए। प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।

राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ”अराजकतावादीहरूले” गरेको ”आतङ्कवादको कार्य” भनेका छन्। उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ”झुटो” रहेको बताएका छन्।

ज्यानुअरी महिनादेखि दक्षिण-पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.