कटरिना कैफ कोरोना संक्रमित

डिसी नेपाल
२४ चैत २०७७ १९:०२
140
Shares

मुम्बई (एजेन्सी)। बलिउड अभिनेत्री कटरिना कैफ कोरोना संक्रमित भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन्। उनले आफू संक्रमित भएको र घरमै आइसोलेट भएको बताएकी छन्। उनले पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा आउनेहरुलाई सचेत रहन आग्रहसमेत गरेकी छन्।

केही दिनअघि बलिउड अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमित भएका थिए। भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा बढिरहेको छ। त्यस मध्ये पनि महाराष्ट्र सबैभन्दा धेरै प्रभावित बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *