आज चैत २६ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२६ चैत २०७७ ६:३०
832
Shares

आज वि.सं.२०७७ साल चैत २६ गते, बिहीबार। सन् २०२१ अप्रिल ८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत कृष्ण पक्ष।  द्वादशी तिथि । चन्द्रमा मकर राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः५० र सूर्यास्त बेलुकी ६ः२६ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धनको जोहो बढ्नेछ। आँटेको कुरा पुग्नेछ। पशु पंक्षी व्यापारमा लाभ हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) क्षमताको कदर मिल्नेछ। राजनीतिमा पहुँच बढ्नेछ। सामाजिक पहिचान स्थापित हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विदेशबाट सहयोग आउनेछ। घरायसी विवाद हुनेछ। भूमि सम्बन्धी काम बन्नेछन्।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बढी बाेल्नाले काम विग्रिनेछ। सामाजिक अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा लगानी बढ्नेछ। लामो यात्राको सुख मिल्नेछ। साझेदारीमा फाइदा हुनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नया योजनामा काम अगाडि बढ्नेछ। दाजुभाइको सहयोग हुनेछ। काममा व्यस्तता बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ। धन र वाणीले राम्रो प्रभाव पार्नेछ। इष्टमित्र भेटघाट हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथीभाइसँग मनोरन्जनमा धन खर्च हुनेछ। हतारमा काम बिग्रिनेछ। नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  दाजुभाइबाट सहयोग हुनेछ। व्यवसायिक जिम्मेवारी थपिनेछ। नयाँ मित्रसँग नजीकको यात्रा हुनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बस्त्र, सवारी धन बढ्नेछ। भोजनको सुख मिल्नेछ। कुटुम्ब सहयोग आउनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरसामान विग्रिन सक्नेछ। हतारमा काम सकिनेछ। मनोरञ्जनमा मन जानेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्रा झन्झटिलो रहनेछ। घरायसी खर्च बढी हुनेछ। नोक्सानी बेहोर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.