‘सन्तुष्टिको सिद्धान्तले दीर्घायु गराउँछ’

तर्कबहादुर थापा
२८ चैत २०७७ ८:०७
204
Shares

देशले जहानीया राणा शासन, प्रजातन्त्र, पञ्च्यायत, बहुदल हुँदै गणतन्त्रको यात्रा तय गरेका घटना, उनले आफ्नै आँखाको क्यामेरामा रेकर्ड गरे। देशमा भएका ठूला ठूला आन्दोलन, विद्रोह, क्रान्ति उनी आफैंले हृदयका पानामा लेखे। सहिद भएकाहरुको रगतको थोपाथोपाको रेकर्ड उनले आफ्नो विशाल छातीमा राखे। एक शताब्दीको इतिहास जीवनका पानापानामा कोरेका ज्यूँदा इतिहास हुन उनी।

वि.स. १९७७ साल वैशाख ३० गते ललितपुरमा जन्मिएका शताब्दी पुरुष सत्यमोहन जोशीले देशको गौरव हुन्। ज्यूँदो इतिहास हुन्। एक शताब्दी लामो इतिहासलाई आँखामा संग्रह गरेर राखेका संग्रालय हुन्, पुस्तकालय हुन्।

ललितपुस्थित सानो घरमा उनको दैनिकी अझै सामान्य चलिरहेको छ। एक सय वर्षको उमेर पार गर्दा पनि आफ्नो दैनिकी आफैंले चलाइरहेका हुन्छन् उनी। उभिँदा न लौरो टेक्छन्, न बोल्दा स्वर नै काँप्छ। भन्छन्, ‘सादा जीवन र उच्च विचार राख्नु पर्छ भन्ने मान्नेता राख्छु र त्यसै गरी दैनिकी चल्छ।’

‘सन्तुष्टिको सिद्धान्तले दीर्घायु गराउँछ’, डिसी नेपालसँग कुरा गर्दै शताब्दी पुरुष जोशीले भने, ‘हरेकले हरेक पललाई सन्तुष्टिका साथ जीउनु पर्छ। भोलि के गर्ने पर्सि के गर्ने भन्ने सोच्न हुँदैन।’ गीतामा श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भनेका थिए, ‘तिमी निमित्त हौ। बाकीँ सबै म हुँ।’

के खायो के लायो होला बरिलै, वनैको न्याउली चरीले…’ त्यहाँका मानिसले गाएको यही गीतले जोशीलाई ‘सन्तोषको सिद्धान्त’ सिकायो। उनले भने, ‘यो गीत गाउनु पूर्व त धेरै गीत सुनेँ, मलाई फरक पारेको थिएन। यो गीतले मलाई साह्रै ठूलो पाठ सिकायो। वनमा रहने न्याउलीले भोलिको चिन्ता पनि गर्दैन, अहिलेको पललाई खुसीका साथ बिताउँछ। मैले पनि सोचेँ सन्तोष हुनुपर्छ

सत्यमोहन जोशी पनि आफूलाई भगवानको निमित्त ठान्छन्, सबै कुरा उनमै छोड्छन् र भन्छन्, ‘भोलिको चिन्ता नगर, आजलाई राम्रो गर।’
जोशीले सन्तुष्टिको सिद्धान्त लम्जुङ र तनहुँमा कामको लागि गएका बेला सिकेको बताए। सरकारी कामका लागि पश्चिम पुगेका उनले त्यहाँका मानिसको दिनचर्यासँग आफूलाई ढाले। ‘म त ललितपुरको मान्छे। शहरीया परेँ। गाउँमा जाँदा त सुरुसुरुमा साह्रै गाह्रो भयो।’

पञ्च्यायती व्यस्थामा काम छोडेर फर्किन पाइन्थेन। शहरबाट गाउँमा जाँदा सुरुवातिदिनमा भएको पीडा मानसपटलमा ताजै छ उनको। ‘पछिपछि त आफूलाई पनि उनीहरुसँगै ढालेँ।’

त्यहाँका मानिसको दैनिकीसँग आफ्नो दैनिकी मिलाएनन् मात्रै जोशीले त्यहाँको कला संस्कृत, र साहित्यलाई पनि देशव्यापी चिनाए। २०१३ सालमा मदन पुरस्कार पाएको ‘नेपाली कला सस्कृति’ ग्रन्थ पनि त्यहाँका मानिसको दैनिकीसँग रहेर लेखेको उनको अनुभव छ। स्थानीयहरुले भारी बोकेर चुहिएको पसिनासँगै गीत गाएको, पानी भर्ने पधेँरोमा बसेकाहरुले गीत गाएको, देउरालीमा ओहोरदोहोर गर्नेले पनि उस्तै गीत गाएको देखे सुने र भोगे जोशीले।

‘त्यो बेलामा लोकगीत भन्ने चलन थिएन,’ जोशीले भने, ‘ग्रामी गीत भन्थे। दिउँसो पसिना बगाउँदा एउटा गीत गाउँथे। राति भजन गाउँथे। पूजा पाठमा गाउने गीत फरक हुथ्यो। मेलापातमा गाउँने गीत फरक हुथ्यो। शुभकार्यमा पनि फरक गीत गाउँथे। पसिनाले लुथ्रुक्क भिजेकाले पनि आफू थाकेको अनुभूति गर्थेनन्, बरु गाउँथे, थकान मेटन भए पनि।’

‘के खायो के लायो होला बरिलै, वनैको न्याउली चरीले…’ त्यहाँका मानिसले गाएको यही गीतले जोशीलाई ‘सन्तोषको सिद्धान्त’ सिकायो। उनले भने, ‘यो गीत गाउनु पूर्व त धेरै गीत सुनेँ, मलाई फरक पारेको थिएन। यो गीतले मलाई साह्रै ठूलो पाठ सिकायो। वनमा रहने न्याउलीले भोलिको चिन्ता पनि गर्दैन, अहिलेको पललाई खुसीका साथ बिताउँछ। मैले पनि सोचेँ सन्तोष हुनुपर्छ। त्यसपछि त्यहाँको गीत संगीतसँग नजिकिएँ।’

तीन पटकसम्म मदन पुरस्कार पाउने एकमात्र व्यक्ति हुन जोशी। २०१३ सालमा पाएको मदन पुरस्कारपछि पाइने हरेक सम्मान र पुरस्कारका निर्विरोधि व्यक्ति हुन्। कसैले पनि उनको सम्मान र पुरस्कारमा औला उठाएनन्। जहिले सम्मानित भए त्यो पनि निर्विरोध। २०१३, १७ र २८ गरी उनले तीन पटक मदन पुरस्कार पाएका छन्। मनद पुरस्कार बाहेकका थुप्रै पुरस्कारको लेखाजोखा पनि कठिन छ।

‘गयो डोटी, खायो रोटी, फर्किँदा खेरी धोती न टोपी’ यो उखानबाट उनले आफ्नो जुम्ला यात्राको स्मरण सुनाए। अहिलेसम्म विकट रहेको जुम्लामा आज भन्दा ५० वर्ष पहिला पुगेका थिए उनी। आफू सहित ५ जनाको टोली लिएर जुम्लाको सिञ्जा उपत्यका पुगेका उनले त्यहाँको कला संस्कृतिको बारेमा बहुआयामबाट अध्यायन गरेका छन्। जुन पछि कर्णालीको कला संस्कृति ग्रन्थमा निकाले जसले पनि २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्यो।

‘हामी त्यहाँ पुगेपछि अञ्चलाधीशले भनेका हुन्। यहाँ किन आएको, यहाँ त मान्छेहरुले तपाईँको पैसा हुँदासम्म मात्र साथ दिन्छन्। मैले भने अब आए पनि कि मर्यो कि गर्यो।’ आफैंले त्यहाँको स्थानीयसँग राम्रोसँग कुरा गर्दा राम्रो सहयोग गरेको उनले बताए। ‘तपाईँको कला संस्कृतिको बारेमा काम गर्न आएको हो भने पनि उहाँहरुले पनि सहयोग गर्नु भयो’, उनले भने।

उनको आखैँ अगाडि देशले ठूला ठूला उपलब्धि गरेको छ। जहानीया राणा शासन ढल्यो, देशले प्रजातन्त्र पायो। उनी सम्झन्छन्, ‘२०१५सालमा पहिलो पटक देशमा आम चुनाव भएको हो। पछि राजाले ‘कू’ गरे। पञ्च्यायत लागू भयो। बहुदल आयो। हुँदा हुँदा गणतन्त्र पनि आयो।’

सरस्वती पुत्र नामबाट विभुषित जोशीको आगनमा टेक्नेले आफूलाई धन्य ठान्दछन्। संघसंस्थाहरुले केही शुभ कार्यको थालनी गर्न थालेमा उनको आगनबाट सुरुवात गर्छन्, उनको आर्शीवादले सफल भएको अनुभव सुनाउँन पुनः उनकै आगनमा पुग्छन्।

जननिर्वाचित सरकारले दिएको आफ्नो डाइरेक्टरको पोष्ट पनि महेन्द्रको ‘कू’ पछि गुमेको उनको अनुभव छ। ‘पञ्च्यायत लागू गरे, सबैलाई थुने। मलाई पनि यो कांग्रेस हो भन्दै मेरो पद पनि खोसे। पछि मेरो पद गयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *