गूगल म्यापले गर्यो गडबडी, गलत बेहुली घर पुग्यो जन्ती
काठमाडौं। मानिसहरुलाई प्रविधिको विकासले हरेक काममा सहजता बनाइदिएको छ। तर, त्यहि प्रविधिमा गडबडी भयो भने नसोचेको परिणाम पनि हुन सक्छ। यस्तै भएको इन्डोनेसियामा। इन्डोनेसियामा गूगल म्यापमा भएको गडबडीले झण्डै नचिनेकी बेहुलीसँग बिहे हुन लागेको थियो।
जन्ती नै गलत बिहेलुकीको घर पुगेको यो घटनाले इन्डोनेसियामा निकै चर्चा पाएको छ। बाली टापुको एक गाउँमा एक बिहे र अर्को टिकाटालेको कार्यक्रम थियो। एक जन्ती बिहेका लागि गूगल म्यापको साहारामा ठेगना पत्ता लगाउँदै गयो। टिकाटाले हुने घरमा पनि भव्य तयारी थियो। त्यसैले त्यहाँ जन्ती पुग्यो। केटीतर्फकाले पनि जन्तीको स्वागत सत्कार गरे।
तर, त्यहाँ बिहे नभई टिकाटालेको कार्यक्रममात्र थियो। यसपछि टिकाटालो गर्ने युवतीले जब दुल्हालाई देखिन्। उनी आश्चार्यमा परिन्। नचिनेका बेहुला र जन्ती थिए त्यहाँ सबै। त्यसपछि युवतीका काकालाई शंका लागेर सोधपुछ भयो। यति भएपछि जन्ती गलत घरमा पुगेको स्पष्ट भयो। युवतीकै घर परिवारको सहयोगमा जन्ती सोही गाउँमा रहेको सही बेहुलीको घरमा पुग्यो। (एजेन्सी)
No ads found for this position

डिसी नेपाल
Facebook Comment