हरिद्वारमा पूर्वराजाले भनेः अब धर्म बचाउने बेला आयो

डिसी नेपाल
२९ चैत २०७७ १८:३०
624
Shares

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको बताएका छन्।

भारतको हरिद्वारमा जारी महाकुम्भ मेलाका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले अब धर्म बचाउने बेला आएको बताएका छन्। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ। हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ’, ज्ञानेन्द्रद्वारा भनेका छन्।

भगवान रामले भनेको श्लोक ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी,’ उल्लेख गर्दै उनले सद्युक्तिको ख्याल हामीले राख्नैपर्ने बताएका छन्।

‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड (हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान ५ ) हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ। हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै नै महत्वपुर्ण छन्। तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन्’, उनले भनेका छन्।

महाकुम्भमा पूर्व राजा ज्ञानेन्द्रलाई आयोजकले राजाकै हैसियतमा निम्तो दिएको चर्चा नेपालमा छ। हरिद्वामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पूर्व राजाको सम्मानसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *