थप ५ सय ८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित चार हजार नाघ्यो

डिसी नेपाल
१ वैशाख २०७८ १७:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८१ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ सय रहेको छ । पछिल्लो २४ घण्टामा १२९ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ७९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख २५ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *