मेहफिलमा रिया र पलको रोमान्स (भिडियो)

डिसी नेपाल
१ वैशाख २०७८ १९:१६
336
Shares

काठमाडौं। नयाँ वर्षको पावन अवसरमा गीतकार दीपक बस्नेतको ‘मेहफिल’ नामक क्लासिक गीत बजारमा आएको छ। यस गीतमा चर्चिक गजलकार तथा गायक जगदिश समालले स्वर दिएका छन्।

यसमा अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको छ। प्रियजन राइको निर्देशनमा रहेको यस गीतलाई दीपक बस्नेत संगीत भरेका छन्। मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन रोबिन दोङले गरेका छन्। कोरियोग्राफी दिपक गुरुङको रहेको छ।

बस्नेतको यस चर्चित गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ। शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ। यस गीतले महिलालाई समाजले जति कमजोर ठानेको छ, त्यस्तो नभई उनीहरु कुनै बीर पुरुष भन्दा कम छैनन भन्ने सामाजिक चेतना प्रवाह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *