८ महिनापछि राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाण पत्र
काठमाडौं। बेइजिङस्थित नेपाली राजदूत महेन्द्र पाण्डेले आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउन राजदूत नियुक्त भएपछि ८ महिना पर्खिनु परेको छ। राजदूत नियुक्त भएको ८ महिनापछि उनले बुधबार बेइजिङस्थित ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहोदाको प्रमाणपत्र बुझाएको बेइजिङस्थित राजदूतावासले जनाएको छ।
राजदूत पाण्डेलाई २०७६ फागुन १८ गते मन्त्रिपरिषदले चीनका लागि राजदूतमा सिफारिस गरिएको थियो। पाण्डे २०२० जुृलाई ८ मा राजदूत नियुक्त भएका थिए।
राजदूत पाण्डेले आफ्नो कार्यभार सम्हालेपछि ६,७ वटा प्रान्तहरूको भ्रमण गरिसकेका छन्। साथै चीन नेपाल सम्बन्धित कार्यक्रम तथा विविध कूटनीतिक कार्यक्रम तथा समारोहमा उनको सहभागिता रहँदैआएको छ।
यसका साथै चीनका लागि आवासीय राजदूतले चीनबाहेक प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतको पद पनि सम्हाल्नु पर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment