बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्वीर
काठमाडौं। बाँकेमा बुधबार राति कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचाररत खजुरा २ का एक पुरुषको निधन भएको हो। खजुराका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। दिनहुँ मृतकको संख्या पनि बढिरहेको छ। नेपालमा बेलायती भेरिअन्ट र डबल म्युटेट कोरोना भाइरस फैलिएको पुष्टि भइसकेको छ। बुधबार देशमा ५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment