चैत महिनामा कोरोनाबाट मृत्यु भएका ४३ जनाको अन्त्येष्टि

डिसी नेपाल
२ वैशाख २०७८ १७:४६
64
Shares

काठमाडौं। चैत महिनामा नेपालमा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ। नेपाली सेनाले चैत महिनामा कोरोना संक्रमण्बाट मृत्यु भएका ४३ वटा शव व्यवस्थापन गरिएको जनाएको छ। सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलले सबैभन्दा धेरै २९ वटा शव उपत्यका पृतनाले व्यवस्थापन गरेको जानकारी दिए।

उनका अनुसार मध्यपश्चिम पृतनाले ५, मध्य पृतना (बागमती प्रदेश)ले ३, पश्चिम पृतना र सुदूरपश्चिम पृतनाले २–२ तथा पूर्वी पृतना र मध्य पूर्वी पृतनाले १–१ शव व्यवस्थापन गरेको छ। सेनाका अनुसार यो अवधिमा मृत्यु हुनेहरु मध्ये ४० जना हिन्दु छन् भने ३ जना बौद्धिष्ट हुन्।

सेनाले यो अवधिमा २७ शवको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको छ भने ९ वटा शवको व्यवस्थापन गाडेर गरिएको छ। यस्तै ७ वटा शव भने चितामा जलाइएको सेनाले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापनको काम सेनाले गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *