पूर्वराजाको विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

डिसी नेपाल
५ वैशाख २०७८ १६:०८
260
Shares

काठमाडौं। कुम्भ मेलाका लागि हरिद्वार गएका पूर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल फर्किँदैछन् । उनको स्वागतको लागि भव्य तयारी गरिएको छ । करिब १० दिन लामो भारत भ्रमणमा रहेका पूर्वराजा नेपाल फर्किएसँगै उनको स्वागतमा मोटरसाइकल ¥यालीदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म गरिने भएको छ।

भारतमा रहँदा राजाकै रूपमा ठूलो सम्मान पाएका पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल ¥यालीले विमानस्थलदेखि निर्मल निवाससम्म स्कर्टिङ गरिने वीर गोर्खाली अभियानले बताएको छ। पछिल्लो समय राजसंस्थाको माग गर्दै देशव्यापी मोटरसाइकल ¥याली गरेको गोर्खाली अभियानले राष्ट्रिय झण्डासहित विमानस्थलमा उपस्थित हुन पनि सबैमा आव्हान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.