माओवादी स्थायी कमिटी बैठक स्थगित
फाइल तस्वीर
काठमाडौं। आज दिउँसो एक बजे बस्ने तय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता तथा समसामयिक विषयमा छलफल गर्न भन्दै सोमबार दिउँसो एक बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको थियो।
तर अचानक मंगबार दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। ‘भोलिसम्मका लागि बैठक स्थगित भएको सूचना आएको छ,’ माओवादी स्थायी कमिटी सदस्य गणेश शाहले डिसी नेपालसँग भने, ‘नेताहरुको कार्य व्यस्तता र संसद अधिवेशन भइसकेपछिको परिस्थितिलाई ध्यानमा राखेर बैठक भोलिसम्मका लागि स्थगित भएको हो।’
माओवादीमाथि सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाव बढिरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको थियो। तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ। ‘बैठक स्थगित भएको सूचना आएको छ, कारण खुलाइएको छैन,’ स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले डिसी नेपालसँग भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment