एसएलसीको नक्कली प्रमाण पत्र बोकेर बंगलादेशमा एमबीबीएसको अध्ययन

डिसी नेपाल
६ वैशाख २०७८ १८:३३
644
Shares

काठमाडौं। बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७ जनालाई विभिन्न स्थानबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ५ संझनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका २ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो ६ घर भएका धनुषा जनकपुर महानगरपालिका ७ जिरोमाईल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका २ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा छन्।

यस्तै मनाङ साविक चामे गाविस ५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका ३ बरगाछी बस्ने सप्तरी सकरपुरा १ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी २ आदर्श बस्ती बस्ने महोत्तरी मनरा ५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका २ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका छन्।

शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानक लागि एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृतीसमेत लिएको प्रहरीले जनाएको छ।

उनीहरु उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.