मलेसिया र नेदरल्याण्डबीचको खेल नाटकीय रुपमा बराबरी, नेपाल र नेदरल्याण्ड फाइनलमा

डिसी नेपाल
८ वैशाख २०७८ १६:३६
616
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउण्ड किर्तिपुरमा जारी त्रिदेशीय सिरिज अन्तर्गत आज भएको नेदरल्याण्ड र मलेसियाबीचको खेल नाटकीय रुपमा बराबरी भएको छ । वर्षा प्रभावित खेलमा पटक पटक लक्ष्य परिवर्तन भएपछि अन्ततः खेल बराबरी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्डले ११ औं ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएर खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि खेल १३ ओभरमा छोट्याइयो । नेदरल्याण्डले १२ ओभरमा ४ विकेटको षतिमा १०७ रन बनायो र मलेसियाले १३ ओभरमा १२० रनको परिमार्जित लक्ष्य पायो ।

मलेसियाले ६ ओभर सकिँदा ५६ रन बनाएर खेलिरहँदा पुनः पानी पर्यो । त्यसपछि पुनः लक्ष्य परिमार्जन गरेर १० ओभरमा ९२ रनको लक्ष्य दिइयो । तर, मलेसियाले निर्धारित १० ओभरमा ९१ रन मात्र बनाउन सकेपछि खेल नाटकीय रुपमा बराबरी भयो । दुवै टिमले अंक बाँडे ।

यससँगै ५ अंकसहित नेदरल्याण्ड शीर्ष स्थानमा, ४ अंकसहित नेपाल दोस्रो स्थानमा र १ अंकसहित मलेसिया तेस्रो स्थानमा रहेका छन् । भोलि नेपाल र मलेसियाको खेल छ तर यो खेलको नतिजा जे भए पनि शनिबारको फाइनलमा नेपाल र नेदरल्याण्ड खेल्ने तय भइसकेको छ किनकि मलेसियाले भोलिको खेल जिते पनि उसको ३ अंकमात्र हुन्छ र ऊ तालिकाको अन्तिममै रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.