कस्तुप पन्तको ‘सिलौटोमा चटनी’ चर्चा बटुल्दै

डिसी नेपाल
८ वैशाख २०७८ २१:५७
348
Shares

काठमाडौं। गायक तथा सर्जक कस्तुप पन्तको ‘सिलौटोमा चटनी’ले चर्चा बटुली रहेको छ। कुलेन्द्र विश्वकर्मा र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको उक्त गीतको शब्द संगीत पन्तको नै हो।

पन्तले आफ्नै अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा रामजी खाण, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेले अभिनय गरेका छन्।

शंकर विसीले भिडियोको अभिनय गरेका छन्। नेपालकै विभिन्न ठाउँमा खिचिएको भिडियोमा नेपाली सिलाैटाे र चटनीलाई देखाउने प्रयास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.