नाटकीय रुपमा विकेट पतन भएपछि जिम्बाबेसँग पाकिस्तान पराजित
हरारे। ११९ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा पाकिस्तानले जिम्बाबेसँग दोस्रो टि ट्वान्टी क्रिकेटमा हार व्यहोरेको छ। पहिला ब्याटिंग गरेको जिम्बाबेले ११८ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको पाकिस्तानका लागि कप्प्तान बाबर आजमले ४१ रन बनाए पनि अन्य ब्याट्सम्यान विकेटमा टिक्न नसक्दा पाकिस्तान ९९ रनमा अलआउट भयो। यो जितसँगै जिम्बाबेले तीन खेलको सिरिजमा एक एकको बराबरी गरेको छ।
पाकिस्तानमाथि जिम्बाबेको टि ट्वान्टी क्रिकेटमा पहिलो जित हो। पाकिस्तानका ३ ब्याट्सम्यान शून्यमा आउट भएका थिए भने तीनजनालेमात्र दोहोरो अंकमा स्कोर बनाएका थिए। पाकिस्तान खेलमा हावी भइरहेका बेला नाटकीय रुपमा विकेट गुमाउन पुगेको थियो।
लक्ष्य पछ्याउने क्रममा एक समय पाकिस्तानले ७८ रनमा मात्र ३ विकेट गुमाएको थियो तर थप २१ रन जोड्दा पाकिस्तानले थप ७ विकेट गुमाउन पुग्यो। पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए जुन क्रममा ४५ बलमा ५ चौका प्रहार गरे। दानिश अजिजले २२ तथा मोहम्मद रिजवानले १३ बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। फखर जमानले २, मोहम्मद हफिजले ५, आसिफ अलिले १ तथा फहीम अशरफले २ रन बनाए।
जिम्बाब्वेको बलिंगमा दायाँ हाते पेसर लुक जोंग्वेले सर्वाधिक ४ विकेट तथा लेग स्पिनर रायन बर्लले २ विकेट लिए। ब्लेसिंग मुजरबानी र रिचर्ड नगर्भाले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा ११८ रन बनाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment