एमाले विवादः माधव समूहका नेताहरुलाई सांसदबाट हटाउने स्थायी समितिको निर्णय, केन्द्रीय कमिटी बैठक जारी
काठमाडौं। नेकपा एमालेले माधव नेपाललगायत सो समूहका नेताहरुलाई सांसदबाट हटाउने तयारी गरेको छ। आइतबार आकस्मिक रुपमा बसेको स्थायी स्थायी समिति बैठकले माधव समूहका नेताहरुले सांसदबाट हटाउने निर्णय गरेको हो।
र सोही कारबाहीबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकिस्मक बैठक बोलाएका थिए। बैठक बालुवाटारमा जारी छ।
यसअघि वैशाख ७ मा माधवकुमार नेपाललगयत २७ जना प्रतिनिधिसभा सदस्य र ५ जना प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोधेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment