एमाले विवादः माधव समूहका नेताहरुलाई सांसदबाट हटाउने स्थायी समितिको निर्णय, केन्द्रीय कमिटी बैठक जारी

डिसी नेपाल
१२ वैशाख २०७८ १२:२४

काठमाडौं। नेकपा एमालेले माधव नेपाललगायत सो समूहका नेताहरुलाई सांसदबाट हटाउने तयारी गरेको छ। आइतबार आकस्मिक रुपमा बसेको स्थायी स्थायी समिति बैठकले माधव समूहका नेताहरुले सांसदबाट हटाउने निर्णय गरेको हो।

र सोही कारबाहीबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकिस्मक बैठक बोलाएका थिए। बैठक बालुवाटारमा जारी छ।

यसअघि वैशाख ७ मा माधवकुमार नेपाललगयत २७ जना प्रतिनिधिसभा सदस्य र ५ जना प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोधेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *