लोबुचे आरोहण गरिसकेका तीन दिदीबहिनी सगरमाथा चढ्दै
काठमाडौं। एकै परिवारका तीन जना दिदीबहिनीहरु सगरमाथा आरोहणको तयारीमा रहेका छन्। सगरमाथा आरोहणको तयारीमा रहेका उनीहरुले लोबुचे शिखर आरोहण गरिसकेका छन्।
उनीहरुले आफ्नो फेसबुकमा लोबुचे शिखर आरोहण गरेको जानकारीसहित केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन्। उनीहरुले शनिबार बिहान ९ बजे लोबुचे शिखर आरोहण गरेको जानकारी गराएका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
लोबुचे आरोहण गरिसकेको उनीहरुले अब सगरमाथा आरोहण गर्ने जनाएका छन् । उनीहरुले मे महिनाको अन्तिममा सगरमाथा आरोहण गर्ने योजना बनाएका छन्।

लोबुचे आरोहण गर्नुभन्दा अगाडि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए। सो अवसरमा मन्त्री गुरुङले नयाँ रेकर्ड कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझ उच्च बनाउने यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment