तनहुँकाे धारापानीमा स्कुटर दुर्घटना : दुवै जनाको मृत्यु
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ। ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।
मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुन्। कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरु दमौली फर्किँदैथिए। ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment