सेयर कारोबार विद्युतिय माध्यमबाट गर्नुपर्ने
काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले ब्रोकरमार्फत हुने सेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ। एसोसिएसनले सूचना जारी गर्दै सरकारले बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गरिने जनाएको छ।
सरकार, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जारी गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्दै दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न गराउन एसोसिएसनले सम्बन्धित निकायको सहयोगको अपेक्षा पनि गरेको छ।
धितोपत्र कारोबारको राफसाफ समयमा सम्पन्न गरी कारोबारलाई निरन्तरता दिन लगानीकर्ताहरुबाट खरिद रकम तथा बिक्री गरिएको धितोपत्र समयमै उपलब्ध गराउनु पर्छ। निषेधाज्ञाको अवधिमा लगानीकर्ताले कारोबार कसरी गर्ने भन्नेमा प्रष्ट भएर मात्र कारोबार गर्न एसोसिएसनले आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment