बेलायती राजपरिवारमा हल्लाखल्ला, के राजकुमार विलियम र ह्यारीका दाजु पनि छन् ?

डिसी नेपाल
१७ वैशाख २०७८ १०:२४
6.4k
Shares

काठमाडौं। केही समयअघि एक जना अस्ट्रेलियाली नागरिकले आफूलाई बेलायती राजकुमार चार्ल्स र राजकुमारी क्यामिलाको गोप्य छोरा भएको दावी गरेका थिए । अहिले उनले यसको लागि थप प्रमाणहरु सार्वजनिक गरेका छन् । क्विन्सल्याण्डका सिमन डोरान्टे डे अप्रिल १९६६ मा बेलायतमा जन्मिएका थिए । त्यसपछि पोर्टसमाउथको एक परिवारले उनको अभिभावकत्व लिएका थिए जुन परिवारको महारानीसँग सम्बन्ध थियो ।

५५ वर्षका सिमोनले अहिले आफ्नो गर्भाधान १९६५ मा १७ वर्षका चार्ल्स र १८ वर्षकी क्यामिलाबाट भएको दावी गरेका छन् । उनले अहिले आफू र आफ्नो परिवारका सदस्यका तस्वीरहरु शाही परिवारका सदस्यहरुसँग तुलना गर्दै सार्वजनिक गरेका छन् । पछिल्लो समय उनले आफ्ना छोरा लियामको फोटो महारानी एलिजाबेथको २० वर्षको उमेरकी हुँदाको फोटोसँग तुलना गर्दै सार्वजनिक गरेका छन् । अस्ट्रेलियाको सेभेन न्युजसँग कुरा गर्दै डोरान्टे डेले अर्को एक तस्वीरमा आफ्नो र शाही परिवारको समानता अस्वीकार गर्न नसकिने खालको भएको बताए । त्यो फोटोमा डोरान्टे डे र क्यामिलाका स्वर्गीय दाजु मार्क स्यान्डको तुलना गरिएको छ ।

न्यूजिल्याण्ड हेराल्डमा प्रकाशित रिपोर्टअनुसार डोरान्टे डेले पछि उनकी श्रीमती डा. एल्भियाना डोरान्टे डेसँगबाट भएका सन्तानहरुमा पनि शाही परिवारसँग समानता देखिन थालेपछि आफ्नो विश्वास बलियो हुँदै गएको बताए । ‘हाम्री छोरी चोलको जन्मपछि हामीले साँच्चिकै समानताहरु ख्याल गर्न थालेका हौं । उनी ३ महिनाकी हुँदा उनका कानहरु बाहिर उठेका देखिए’ उनले भने ‘चोलको कानको बनोट दुरुस्तै चार्ल्सको जस्तो छ । मेडिकल रुपमा पनि विज्ञले कान आनुवंशिक रुपमा तपाइँको पुर्खा हो हुन् भन्ने पत्ता लगाउन औंलाको छापजस्तै हुने बताएका छन् ।’

उनको दावीअनुसार एकपटक एक जना अपरिचितले उनकी छोरीलाई राजकुमार चार्सजस्तै बताएका थिए । डोरान्टे डेले आफू सानो हुँदा ठूलो कान भएका कारण आफूलाई जिस्क्याइने गरेको स्मरण गर्दै अहिले भने सर्जरी गरेर कान फरक बनाइएको बताएका छन् । बेलायतको शाही परिवारले अहिलेसम्म डोरान्टे डेको दावीबारे कुनै प्रतिक्रिया दिएको छैन तर उनले भने अदालत गएर राजकुमार चार्ल्स र क्यामिलाको डिएनए परीक्षण गराउने बताएका छन् ।

डोरान्टे डेका अनुसार उनको अभिभावकत्व लिने हजुरबुवा र हजुरआमा विनिफ्रेड र अर्नेस्ट महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका बगैंचे र भान्छे थिए । उनका अनुसार उनी सानै हुँदा उनकी हजुरआमाले उनलाई पटक पटक उनी राजकुमार चार्ल्स र क्यामिलाको छोरा भएको बताउने गर्थिन् । डोरान्टे डेलाई स्थानीय जोडी करेन र डेभिड डेले ८ महिनाको उमेरमा छोराको रुपमा अभिभावकत्व लिएका थिए । यसअघि उनले गरेको दावीअनुसार त्यतिबेलासम्म उनलाई क्यामिलाले पालेकी थिइन् र अभिभावकत्व दिने व्यवस्थापन उनकी हजुरआमाले मिलाएकी थिइन् ।

डोरान्टे डेको दावीले बेलायतको शाही परिवारमा तरंग आउनु स्वभाविक हो किनकि उसले त्यहाँको राजगद्दीको उत्तराधिकारीको लाइन नै फरक पार्नेछ । अहिले महारानी एलिजाबेथपछि राजा बन्ने क्रममा राजकुमार चार्ल्स छन् । चार्ल्सपछि राजा बन्ने लाइनमा उनका छोरा विलियम छन् । यदि डोरान्टे डेको दावी सत्य प्रमाणित भएमा चार्ल्सको जेठा छोराको रुपमा चार्ल्सपछि डोरान्टे डे राजा बन्ने अवस्था आउनेछ । त्यसपछि डोरान्टे डेकै जेठो सन्तान राजगद्दीको उत्तराधिकारी बन्ने अवस्था आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.