फूलैफूल बीच दुर्गन्धित खोला…

रिता बस्नेत
१७ वैशाख २०७८ १२:४३

काठमाडौं । सबैले मन पराउने वसन्त ऋतुमा जताततै हरियाली हुन्छ। वसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ।

चैत्र र वैशाख महिनाभित्र पर्ने वसन्त ऋतुमा प्रकृतिले नौलो काँचुली बदल्छ। यतिबेला जताततै ढकमक्क फुलेको फूलहरुको सौन्दर्यले मनै फुरुङ्ग हुन्छ। यस मौसममा सडक पेटी र खोला किनारमा लगाइएको बोटविरुवाले समेत काँचुली फेरेकोले जताततै हरियाली र ढकमक्क फुलेका फूलहरु देख्न सकिन्छ।

काठमाडौं शहरको बीचमा रहेको खोला किनारमा लगाइएको फूलले पनि काँचुली फेरेको छ। शहरका दुर्घधिन्त खोला किनारा यतिबेला सौन्दर्य फूलहरुले ढाकेको छ। अर्थात् फूलैफूलबीच रहेको दुर्घधिन्त खोला पनि सौन्दर्यमय बनेको छ। दुर्घधिन्त खोलाले मन खिन्न बनाए पनि खोलाको दुबै किनारामा लगाइएको फूलहरुले मन प्रफुल्ल बनाउँछ।

निषेधाज्ञाको दोस्रो दिनको सुनसान शहर र वसन्त ऋतुको सौन्दर्यलाई समेट्ने क्रममा डिसी नेपालले सेतोपुल – रातोपुल – कालोपुल – भत्केकोपुल – चावहिलस्थित पुलसम्मको यात्रामा देखिएका फूलहरुको दृष्यहरु समेटेको छ । एउटा पुलदेखि अर्को पुलको बीचमा पैदलयात्रीको लागि स–साना सहायक पुलहरु बनाइएको छ । जसमा उभिएर खोला किनाराको फूल हेर्न आनन्द आउँछ।

सेतोपुलदेखि ओम हस्पिटल नजिकै रहेको पुलसम्मको दृष्यलाई नियाल्दा खोलाको दुबै किनारमा सिमेन्टका गमलामा विभिन्न किसिमका फुल्ने र नफूल्ने खालका बोटविरुवा लगाइएका छन्। जुन कतिपय हेरौहेरौ लाग्ने गरी फक्रिएका छन् भने कतिपय विरुवाको अवस्था दयनीय रहेको छ।

सेतापुलदेखि रातोपुलसम्मको यात्रामा फूलहरु ठिकठिकै मात्रामा रहेका छन् । तर, रातोपुलदेखि कालोपुलसम्मको खोलाको दुवैतिर सडक छेउमा भने बढी नै फूलहरु ढकमक्क फुलेका छन्। कालोपुलदेखि भत्केको पुलसम्मको यात्रामा पनि केही मात्रामा फूलहरु देख्न पाइन्छ तर भत्केको पुलदेखि चावलस्थित पुलसम्मको यात्रामा प्राय सिमेन्टका गमलामा फूलहरु फर्किएका छैनन्।

हुन त त्यहाँ रहेका कतिपय गमलाहरुमा वर, पिपललगयातका ठूला खालका रुखहरु अर्थात् पछि गमलाले नै नधान्ने विरुवाहरु पनि रोपिएका छन् । जसलाई हेर्दा कस्तो ठाउँमा कस्ता खालका बोटविरुवा रोप्न उचित हुन्छ भनेर ध्यान नदिएको देख्न सकिन्छ।

जे होस, पालिकाहरुले लगाएको ती फूलहरुको संरक्षण नजिकै बसेका बस्तीका मानिसहरुले संरक्षण गरे अझ अर्को वर्ष सौन्दर्यमा निखार आउने थियो र जो कोही नाक थुनेर हिड्ने अवस्थाको फोहोर खोलालाई टक्क उभिएर नियाल्न छुटाउँदैन थिए । त्यसैले बोटविरुवाको संरक्षण हामी सबैको कर्तव्य हो भन्ने भावना राखेर सकेसम्म आफ्नो छेउछाउमा रहेका सार्वजनिक बोटविरुवाको पनि संरक्षण गरौं।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *