अमिताभ बच्चन, रजनीकान्त, अनिल कपूरदेखि शाहरुख खानसँग काम गरेका निर्देशकको निधन

डिसी नेपाल
१८ वैशाख २०७८ १०:३६

काठमाडौं। चर्चित निर्देशक तथा सिनेमाटोग्राफर केभी आनन्दको निधन भएको छ । उनको शुक्रबार चेन्नइमा हृदयाघातका कारण निधन भएको हो । उनी ५४ वर्षका थिए । यो खबरले फिल्म उद्योगमा शोकको लहर छ । सेलिब्रेटीहरुले सामाजिक संजालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन् ।

केभी आनन्दले फिल्मी करिअरको सुरुवात फोटो पत्रकारको रुपमा गरेका थिए । त्यसपछि उनले चर्चित सिनेमाटोग्राफर पीसी श्रीरामसँग गोपुरा वसालिले, देवर मगन, अमरान, थिरुदा जस्ता फिल्ममा सहायकको रुपमा काम गरे । पछि उनी स्वयं सिनेमाटोग्राफरको रुपमा काम गरे । उनले अमिताभ बच्चनको फिल्म खाकी, रजनीकान्तको फिल्म शिवाजी द बोस, अनिल कपूरको फिल्म नायकः द रियल हिरो, शाहरुख खानको फिल्म जोश लगायतमा सिनेमाटोग्राफरको रुपमा काम गरे ।

पछि उनले फिल्म निर्देशन गर्न थाले । २००५ मा काना कन्डायनबाट निर्देशन सुरु गरेका उनले तमिलका चर्चित सुपरस्टारका फिल्म निर्देशन गरेका छन् । सिंघम फेम सूर्याका फिल्महरु आयन, मात्रम, काप्पन, विजय सेतुपतिको फिल्म कावन, धनुषको फिल्म अनेगन लगायत निर्देशन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *