देशभर प्रि मनसुन सक्रिय, अधिकांश ठाउँमा रातिदेखि नै बदली तथा वर्षा

डिसी नेपाल
१९ वैशाख २०७८ १०:२८
48
Shares

काठमाडौं। देशका अधिकांश स्थानमा शनिबार रातिदेखि हावापानी परेको छ। देशभर प्रि मनसुन सक्रिय भएकोले देशका अधिकांश ठाउँमा हावाहुरी सहितको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद मञ्जु बिसीले बताइन्। उनका अनुसार राति पश्चिम हुँदै मध्यसम्म आइपुगेको पानी पार्ने मौसमी प्रणाली अहिले पूर्व तर्फ लागेको छ।

विशेष गरि पूर्वी क्षेत्रमा आइतबार दिउँसो बदली तथा वर्षाको सम्भावना बढि रहेको छ।

अहिले देशभरका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा पनि भएको छ।

आइतबार दिउँसो देशभरका पहाडी भू–भागहरुमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

देशभर मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *