वरिष्ठ नेता खनाल र पूर्वरानीको स्वास्थ्यमा क्रमिक सुधार

डिसी नेपाल
२१ वैशाख २०७८ १९:२१
64
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख छ । खनाल कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।

यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उनले बताए । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उनको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

उनका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.