उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थप
काठमाडौं। काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो। बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment