पीसीआर टेष्टका लागि प्रधानमन्त्रीको स्वाब सङ्कलित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पीसीआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो ।
उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पीसीआर टेष्ट गरिँदै आएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment