मेची प्रादेशिक अस्पतालमा जनशक्ति थप

डिसी नेपाल
२८ वैशाख २०७८ २१:२८
40
Shares

झापा । मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले दुई मेडिकल अफिसर सहित पाँच स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ का सङ्क्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।

अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटकपटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरुले मेची अस्पतालमा रहेको ७५ श्ययाको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठ, मेची अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शान्तिराम भट्टराईसहितको छलफलमा मेची अस्पतालमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि भद्रपुर नगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ । नगरपालिकाले नगरभित्रका गम्भीर अवस्थाका सङ्क्रमित बिरामी बोक्न एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *