विश्व कीर्तिमान राख्दै एकै घरका तीन दिदी बहिनी सगरमाथाको चुचुरोमा
काठमाडौं। विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनीहरुले सगरमाथा आरोहण गरेका छन्। उनीहरुले बुधबार बिहान ७ बजे आरोहण गरेका हुन्।सामाजिक सञ्जालमार्फत उनीहरुले सगरमाथा आरोहण गरेका सार्वजनिक गरेका हुन।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
तीन जना दिदीबहिनीहरु सहित यो गु्रपमा ६ जना विदेशीहरु पनि रहेका छन्। उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गरेका हुन्।
लोबुचे आरोहण गर्नुभन्दा अगाडि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए।
No ads found for this position




Facebook Comment