गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा
तम्घास । सञ्चालनमा आएको पाँच महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएका छन् । जिल्लाका पालिकाहरूको आर्थिक सहयोगमा बुधबारदेखि प्रयोगशाला सञ्चालनमा आएको हो ।
गत वर्षको असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला स्थानीय तहहरूले कबुल गरेको रकम नदिँदा फागुन ८ गतेदेखि बन्द भएको थियो । अहिले पालिकाहरूले कबुल गरेको र अन्य थप रकमसमेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए ।
अहिले प्रत्येक गाउँपालिकाले दुई/दुई लाख तथा नगरपालिकाले तीन÷तीन लाख गरी कुल रु २६ लाख रकम सङ्कलन भएपछि प्रयोगशाला सञ्चालनमा आएको पराजुलीले जानकारी दिए । प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर सञ्चालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालामा दैनिक तीन सयसम्म स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताए ।







डिसी नेपाल








Facebook Comment