प्रधानमन्त्रीको शपथ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा
काठमडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सपथ गैरसंवैधानिक भएको भन्दै तत्काल प्रधानमन्त्री ओलीलाई काम कारबाही गर्न नदिन र पुनः सपथ ग्रहण गराएर मात्रै काम गर्न दिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गरेका थिए। संघीय कानुन बनाएर मात्रै सपथ ग्रहण गराई काम गराउन माग गर्दै रिट हालेको अधिवक्ता लोकेन्द्र ओलीले बताए।
प्रधानमन्त्री ओलीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले दाहो-याएकी थिइन्। दोहो-याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।







डिसी नेपाल








Facebook Comment