विमान उड्नुभन्दा अगाडि यात्रुहरुको तौल जोख्ने तयारी

डिसी नेपाल
६ जेठ २०७८ १६:१९
1.1k
Shares

काठमाडौं। विमानमा यात्रा गर्ने यात्रुहरुले ल्याएका लगेजहरु जोख्ने गरिन्छ । यसरी ल्याएका लगेजको तौल निर्धारण गरिएको न्यूनतम तौलभन्दा बढी भएमा त्यो लगेजका मालिक यात्रुले थप शुल्क तिर्नुपर्छ । तर, अब भने विमानमा यात्रा गर्नुभन्दा पहिले यात्रुले साथमा ल्याएका लगेज मात्र नभइ स्वयं यात्रुहरुलाई नै जोख्ने तयारी गरिएको छ । अमेरिकामा यसरी यात्रुलाई यात्रा गर्नुभन्दा पहिले जोख्ने तयारी थालिएको हो ।

फक्स बिजनेसमा प्रकाशित रिपोर्टअनुसार विमानमा यात्रा गर्ने यात्रुहरुको सही तौल थाहा होस् भनेर यसरी यात्रुहरुको तौल लिन लागिएको हो । यसबाट विमानलाई उडानको क्रममा सन्तुलनमा राख्नुका साथै यात्रालाई सुरक्षित बनाउन समेत सहयोग मिल्नेछ । अमेरिकीहरुको बढ्दो तौलका कारण उड्डयन अधिकारीहरुको चिन्ता बढेको छ । संघीय उड्डयनले पनि २ वर्ष पहिले यस विषयमा चिन्ता व्यक्त गरिसकेको छ ।

संघीय उड्डयनले एक सर्कुलर समेत जारी गरेर एयरलाइन्स कम्पनीहरुलाई तौल र सन्तुलनको समस्या हटाउन भनेको थियो । यसको पछाडि विमान ओभरलोड हुन सक्ने डर पनि छ । अहिले एयरलाइन्सले यात्रुहरुको लागि मानक औसत तौल अनुमानको प्रयोग गर्छन् । तर, अमेरिकामा बढ्दो मोटोपनाले यो मानक औसत तौल प्रभावहीन बन्दै गएको छ ।

अमेरिकामा मोटोपनाको दर करिब ४३ प्रतिशत छ । अर्थात त्यहाँ हरेक १० जनामध्ये ४ जना मोटा छन् । यस्तोमा यात्रा नियमको समीक्षा गरिनेछ । नयाँ तयारी लागू भएमा अब एयरपोर्टको गेटमै यात्रुको तौल नापिनेछ र त्यसपछि मात्रै उनीहरु यात्रा गर्न सक्छन् कि सक्दैनन् भन्ने तय गरिनेछ । यसरी सबै यात्रुको तौल जोखिने छैन । एक उडानमा करिब १५ प्रतिशत यात्रुको तौल जोख्न सकिनेछ । यसलाई पूर्णतया गोप्य राखिनेछ ।

एयरलाइन्सले तौलको सर्वेक्षण हरेक ३ वर्ष वा ३६ महिनामा गर्न सक्छ । पुरानो नियमअनुसार एक वयस्क यात्रुको तौल गर्मीमा अधिकतम ७७ किलो र जाडोमा अधिकतम ७९ किलो मानिन्थ्यो । नयाँ नियममा यसलाई ९० र ९५ किलो बनाइँदा पनि कुनै फरक परेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.